होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको अनुमान
समाचार

संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको अनुमान

  • नागरिक रैबार
संक्रमित घट्दै जाने स्वास्थ्य मन्त्रालयको अनुमान

काठमाडौं, २१ साउन । कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने र विस्तारै यो संख्या घट्दै जाने मन्त्रालयले अनुमान गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको छ ।
मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार १८३ पुग्ने उल्लेख गरिएको छ । साउनदेखि मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना भएको विवरणमा जनाईएको छ ।

डा. लोहनीले पेश गरेको विवरणमा पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने, तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने जनाईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै