होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • दबाबै दबाबमा देउवा
राजनीति

दबाबै दबाबमा देउवा

  • नागरिक रैबार
दबाबै दबाबमा देउवा

काठमाडौं, साउन २१ । प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाबमा छन् । एकातिर २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने अर्कातिर नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकेको समयमै गर्नुपर्ने बाध्यतामा छन् । बहुचर्तित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरी नहुने चुनौती त छँदै छ ।

अहिले देउवासँग ६ सदस्यीय मन्त्रिपरिषद् मात्र छ प्रधानमन्त्री देउवाको मातहत १७ वटा मन्त्रालय छन् । प्रधानमन्त्रीको व्यस्तता कारण सचिवले समेत भेट्न पाएका छैनन् । मन्त्रिपरिषद् विस्तार कहिलेसम्म हुने होे, टुंगो छैन ।

खासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा माधव नेपाल पक्षलाई जसरी पनि ल्याउनुपर्ने दबाब दिइरहेका छन् । माधव नेपाल पक्ष केपी ओली पक्षसँग एकता गर्ने कि देउवा सरकारमा जाने भन्ने दोधारमा छ ।

विज्ञापन

माधव नेपालले आफनै पक्षको स्थायी समितिमा अल्पमतमा परेपछि आज केन्द्रीय समिति बोलाएका छन् । स्थायी समितिमा ओलीसँगै मिल्नुपर्छ भन्ने पक्षको बहुमत छ । तर उनी व्यक्तिगत रुपमा ओलीसँग मिल्न चाहँदैनन ।

माधव पक्षलाई नल्याई नहुने बाध्यताका कारण अहिलेसम्म सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट हुन सकेको छैन । न्यूनतम कार्यक्रममा समेत समझदारी बनेको छैन ।

देउवाले जसपाको महन्थ ठाकुर पक्षलाई पनि ‘माइनस’ गर्न सक्ने स्थिति छैन । महन्थ पक्षको १२ जना विश्वासको मत पाएका देउवा एमाले एकता भएको खण्डमा त्यस पक्षलाई मन्त्री नबनाउँदा अल्पमत पर्न सक्ने खतरा देखिरहेका छन् । तर त्यो पक्षलाई मन्त्री बनाउँदा उपेन्द्र यादव पक्ष असन्तुष्ट हुने स्थिति पनि नभएको होइन । देउवाले एमसीसी पास गर्न चाहे पनि प्रचण्ड र यादव तत्काल यसको पक्षमा छैनन् ।

यतिमात्र होइन, क्रियाशील सदस्यता छानबिन समितिले समयमै काम टुंग्याउन नसक्दा वडा अधिवेशन तोकिएको मितिमा हुन नसकेकाले कांग्रेस महाधिवेशन अन्योलमा छ । यतिबेला रामचन्द्र पौडेल समूह विशेष महाधिवेशनको दबाब सिर्जना गरिरहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँड भने देउवा दबाबमा नभई सन्तुलित भूमिकामा रहेको दाबी गर्छन् । पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको कार्यशैली फेरिएको छ । पछिल्लो समय देउवा मन्त्रिपरिषद्मा सबैको कुरा सुन्छन् । विवादास्पद निर्णय गर्न चाहँदैनन् । फुकीफुकी कदम चाल्न चाहन्छन् ।

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिले केही विवाद सिर्जना गरे पनि त्यसले ठूलो आकार ग्रहण गर्न पाएन । महामारीका बेला राज्यमन्त्री श्रेष्ठको सुरुआती ‘पफर्मेन्स’ राम्रो देखिएको छ । चैतसम्म ५ करोड २२ लाख डोज खोप आउने घोषणाले राज्यमन्त्री श्रेष्ठले स्याबासी पाइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार