होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आजबाट प्रशारण हुँदै ‘कमेडी च्याम्पियन २’
मनोरञ्जन

आजबाट प्रशारण हुँदै ‘कमेडी च्याम्पियन २’

  • नागरिक रैबार
आजबाट प्रशारण हुँदै ‘कमेडी च्याम्पियन २’

गतबर्षदेखि सुरु भएको हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन आजबाट टेलिभिजनमा प्रशारण हुँदैछ । यो शो आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ ।

गतबर्षबाट सुरु भएको रियालिटी शोले दर्शकको अत्याधिक माया पाएको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै मिहिनेत गरिएको निर्देशक विशाल भण्डारी बताउँछन् ।

 

विज्ञापन

विशालका अनुसार, सुरुवातका ४ भागमा अडिसन राउन्ड प्रशारण गरिनेछ । पहिलो सिजनमा यसको निर्माणपक्षले अडिसन राउन्ड प्रशारण गरेको थिएन । तर, दर्शकले शोलाई अत्याधिक मन पराएपछि यसपटकदेखि अडिसन पनि प्रशारण गर्न लागिएको विशालले बताए ।

अडिसन राउन्ड ४ भागसम्म प्रशारण गरेपछि टप २४ राउन्डमा शो प्रवेश गर्नेछ । यसलाई निर्माणपक्षले ग्रान्ड प्रिमियर भनेको छ । थ्रि पोडक्शनले यो शोको निर्माण गरेको हो । शोको निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार