होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन
राजनीति

नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन

  • नागरिक रैबार
नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन

२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् ।

बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका हुन् । अध्यक्ष नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

 

विज्ञापन

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालयबाहिर रिले अनसन गरिरहेको छ ।

नेविसंघले कोरोना महामारीका कारण परीक्षामा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग पनि राखेको छ ।

रिले अनसनस्थल पुगेर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले विश्वविद्यालयका विद्यार्थीको आवाज दबाउन पचायतकालदेखि अहिलेसम्म विभिन्न प्रपञ्च भइरहेको भन्दै त्यसविरुद्ध नेविसंघले आवाज उठाएको भन्दै सह्राहना गरेका नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार