होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’
मनोरञ्जन

सम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’

  • नागरिक रैबार
सम्झिनी पानी छम्किनीको भ्यूजः ‘४ घन्टामा २० हजार, २ दिनमा ३५ लाख’

गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ ।

सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक भूवन केसीले करिब एक दशकपछि म्यूजिक भिडियोमा कमब्याक गरेका छन् । भूवनको गेटअप र स्टाइललाई दर्शकले रुचाएका पनि छन् । यो गीतको भिडियोमा भूवनका साथमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, गीता ढुंगाना, सम्राट चौलागाँई लगायतको अभिनय छ ।

 

विज्ञापन

विक्रम स्वाँरको निर्देशनमा तयार भएको यो गीतको भिडियोले युटुबमा ३ दिनमै सर्वाधिक हेरिने गीतको रेकर्ड त राखेको छ । यसअघि, २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको ‘टाढा भएपनि’ बोलको गीतलाई पनि ३ दिनमा यति आक्रामक भ्यूज मिलेको थिएन । यो गीत लोकप्रिय हुँदै गएपछि ६ दिनमा ५० लाख र १५ दिनमा १ करोड भ्यूज प्राप्त भएको थियो ।

तर, सम्राट चौलागाँई, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वरमा समावेश यो गीत केही महिना अगाडि नै हिट भैसकेको थियो । सोही गीतलाई तीज भर्सनमा फेरि सार्वजनिक गरिएको हो । रोचक कुरा त के छ भने, यो गीतले ४ घन्टामा जम्मा २० हजार भ्यूज पाएको थियो । तर, ३ दिन नवित्दै ३५ लाख ५० हजार पटक हेरिएको छ ।

उसो त, यो गीतले आगामी दिनमा दर्शकको कस्तो प्रतिक्रिया पाउने हो त्यो भने हेर्न बाँकी छ । आगामी दिनमा गीतले यही रफ्तारमा भ्यूज पकड्न सक्यो भने दर्शकले रुचाएको पुष्टी हुन्छ । यो गीत म्यूजिक विधा अन्र्तगत ट्रेन्डिङको पहिलो स्थानमा पनि छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार