होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने एमालेको निर्णय, ९ विभाग गठन
राजनीति

पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने एमालेको निर्णय, ९ विभाग गठन

  • नागरिक रैबार
पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने एमालेको निर्णय, ९ विभाग गठन

नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ ।

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार