होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
खेलकुद

विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

  • नागरिक रैबार
विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

२० जेठ, काठमाडौं । फिफा विश्वकप-२०२२ र एएफसी एसियन कप – २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।

समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

समूह बी मा ५ खेल खेलिसकेको नेपालले यसअघि एक जित हात पारेको थियो । त्यो चाइनिज ताइपेइविरुद्ध नै थियो । नेपालले अवे मैदान सबै खेल खेलिसकेकोले बाँकी तीन खेल घरेलु मैदानमा खेल्ने तय भएपनि कोरोनाका कारण एएफसीले बाँकी खेलहरु सेन्ट्रल भेन्युमा गर्न लागेको हो । त्यसैले समूह बी को सबै खेल कुवेतमा हुँदैछ ।

विज्ञापन

नेपाली टोली बलियो इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको हो । इराकसँग ६-२ ले पराजित भए पनि नेपालले आफ्नो कमजोर पक्षहरु थाहा पाउने मौका पायो ।

कोरोना महामारीको कारण १८ महिनापछि छनोट चरणका खेलहरु हुन लागेको हो । नेपालले पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा भुटानको थिम्पुमा कुवेतसँग होम म्याच खेलेको थियो । त्यसयता नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण म्याच र घरेलु मैदानमा त्रिदेशिय कप फुटबलसमेत खेल्यो । तर चाइनिज ताइपेइ भने २०१९ नोभेम्बरमा जोर्डनसँग खेलेयता पहिलोपटक खेल्दैछ ।

दुवै टिममा युवा र नयाँ खेलाडीहरु समावेश गरिएको छ । नेपाली टिममा यस पटक ६ नयाँ खेलाडी छन् जसमध्ये मनिस डाँगी र गौतम श्रेष्ठले इराकविरुद्धको खेलमार्फत डेब्यु गरिसकेका छन् ।

बुधबारको भर्चुअल प्रिम्याचमा नेपाल र चाइनिज ताइपेइका प्रशिक्षकले कुवेतको मौसक चुनौतीको विषय भएकोले खेल्न कठिन हुने बताएका थिए । नेपालका कुवेती प्रशिक्षक अबदुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । आजै अष्ट्रेलिया र घरेलु टोली कुवेतबीचको खेल पनि हुनेछ ।

नेपाल र चाइनिज ताइपेइ यसअघि दुईपटक खेलेका थिए जसमा नेपाल अपराजित छ । २०१९ जुनमाभएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो भने २०१९ सेप्टेम्बरमा भएको खेल नेपालले २-० ले जितेको थियो ।

नेपालले बाँकी दुई खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल भर्सेस चाइनिज ताइपेइ

स्थान : कुवेत सिटी

समय : राति ९:४५ बजे (नेपाली समय अनुसार)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार