होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव
समाचार

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव

काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । बुधबार बुटवलमा बसेको बैठकले देशको समसामयिक राजनीतिको बारेमा छलफल गर्दै प्रधानमन्त्रीको राजीनामाबाट नै मुलुकले राजनीतिक निकास पाउने ठहर गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटनको ‘असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको’ भन्दै बैठकले सर्वोच्च अदालतको सही निर्णयले गर्दा संसदको पुनर्स्थापना भए पनि देशको राजनीतिमा अस्थिरता र अन्यौलताको स्थिति कायम रहेको ठहर गरेको हो ।

‘बाह्य शक्ति केन्द्रहरुको चलखेल झन् बढेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराउने षड्यन्त्र बढेको छ,’ बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न साम्राज्यवादी शक्तिहरुका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा खतरा छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिपेक्षताको रक्षा, संघीयताको खारेजी, भ्रष्टाचारको रोकथामको लागि संघर्षको आवश्यकता बढेर गएको छ ।’

विज्ञापन

कतिपय राजनीतिक तथा संवैधानिक समस्या र जटिलता देखापरेको स्थितिमा प्रधानमन्त्री ओलीले इमानदारीपूर्वक प्रधानमन्त्रीबाट राजीनामा दिएमा देशले अहिलेको समस्याबाट निकास पाउन सक्ने राष्ट्रिय जनमोर्चाको ठहर छ । सो पार्टीले विभाजनको दोसाँधमा रहेको नेकपाको एकता कायम गरेर त्यसको निर्णय अनुसार कार्य अगाडि बढाउन पनि सुझाव दिएको छ ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठक मुख्यतः आगामी चैत २४, २५ र २६ गते हुने चौथो राष्ट्रिय सम्मेलन तयारीको सिलसिलामा बसेको पनि प्रस्ट पारिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार