होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले एकताको लागि नेताहरुको दौडधुप
राजनीति

एमाले एकताको लागि नेताहरुको दौडधुप

  • नागरिक रैबार
एमाले एकताको लागि नेताहरुको दौडधुप

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को एकताको लागि दोस्रो पुस्ताका नेताहरुको सक्रियता बढेको छ । अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी एकताको लागि धेरै समय पर्खने नसक्ने बताएका छन् । उनले हिजो नेताहरुको विशेष आग्रहका कारण स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्नेगरि स्थगित् गरेका थिए । तर, आजको बैठक भने कुनैपनि हालतमा नरोक्ने उनको अडान छ ।

आज विहान पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सम्वाद गराउने भन्दै नेताहरुको दौडधुप भएको छ । अध्यक्ष ओलीसँग विष्णु पौडेल र सुवास नेम्वाङले छुट्टाछुट्टै भेटवार्ता गरे भने भीम रावलले माधव नेपालसँग भेटवार्ता गरेका छन् । त्यस्तै, दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु पनि एकताको लागि निर्णायक पहलमा जुटेका छन् ।

वरिष्ठ नेता नेपालले पनि अब कसरी अघि बढ्ने भन्नेबारे वारपार गर्न आफू पक्षधर स्थायी कमिटी सदस्यहरुको स्थायी कमिटी बैठक राखेका छन् । अध्यक्ष ओलीले ३ बजेको लागि स्थायी कमिटी बैठक राखेपछि उनले २ बजे नै आफ्नो समूहको बैठक राखेका छन् । एमालेनिकट स्रोतकाअनुसार आज एमालेको विवाद समाधानको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार