होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पीएसजीको दबदबा तोड्नै लिलले जित्यो फ्रेन्च सुपर कपको उपाधि
खेलकुद

पीएसजीको दबदबा तोड्नै लिलले जित्यो फ्रेन्च सुपर कपको उपाधि

  • नागरिक रैबार
पीएसजीको दबदबा तोड्नै लिलले जित्यो फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन लिलले पेरिस सेन्ट जर्मेन (पीएसजी) को दबदबा तोड्दै नयाँ सिजन सुरु हुनुअघि फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

आइतबार तेत अभिवमा भएको ट्रफी डेस च्याम्पियन्स अर्थात फ्रेन्च सुपर कपकमा लिलले पीएसजीलाई १-० ले पराजित गरेको हो । यो खेल नयाँ सिजन सुरु हुनुअघि लिग वान च्याम्पियन र फ्रेन्च कप विजेताबीच खेलाइन्छ ।

 

विज्ञापन

पोर्चुगिज मिडफिल्डर जेकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्दा लिलले उपाधि जित्यो । उनले ४५औं मिनेटमा बुराक एलमाजको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । जसमा पीएसजीका गोलकिपर केलर नाभासले रोक्ने कुनै अवसर नै पाएनन् ।

जेकाले आफूहरु को हो भनेर देखाएको र ट्रफीको लागि लायक रहेको बताए । उनले लिगको उपाधि जितेपछि यो नयाँ उपाधिको खुशी मनाउन पाउने बताए ।

लिलले तेस्रो प्रयासमा पहिलो पटक फ्रेन्च सुपर कप उपाधि जितेको हो । यसअघि पछिल्लो पटक २०११ मा मार्सेसँग पराजित भएको थियो । पीएसजीले भने सर्वाधिक १० पटक यस उपाधि जितेको छ ।

यसअघि लगातार ८ पटक फ्रेन्च कपको उपाधि जितको पीएसजी यस पटक स्टार खेलाडी नेमार, किलिएन एमबाप्पे, एजन डि मारिया बिनामै तेल अभिव पुगेको थियो । यस्तै यसै सिजन अनुबन्ध भएका सर्जियो रामोस र इटालियन गोलकिपर जियानलुजी डोनारुम्मा पनि टिममा थिएनन् । इड्रिसा गुए पनि कोभिड पोजेटेभि भएकोले टिममा थिएनन् ।

यसै सिजन अनुबन्ध भएका मिडफिल्डर जर्जिनियो विज्नाल्डमले भने पीएसजीका लागि डेब्यु गर्दै अन्तिम २० मिनेट खेले ।

पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफनो टिमले राम्रो खेलेको तर अवसमार पाउँदा गोर्न नसकेको बताए ।

यस्तै लिलका नयाँ प्रशिक्षक जोसलिन गौरभेनेकले यसअघिका प्रशिक्षक क्रिस्टोफ गाल्टीएरलाई धन्यवाद दिँदै नयाँ उपाधि उनको पनि केही हिस्सा रहेको बताए ।

जोसलिनले पीएसजीले राम्रो टेक्निकल खेल खेलेको तर आफ्नो खेलाडीले पनि सामूहिक रुपमा राम्रो खेलेको बताए ।

फ्रेन्च लिग वानको नयाँ सिजन अर्को साता सुरु हुँदैछ । जसमा पीएसजीले ट्रोएससँग खेल्नेछ भने लिले मेट्जसंँ खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार