होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड
मनोरञ्जन

पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

  • नागरिक रैबार
पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

गीतको अडियो मजबुत बन्यो भने यसले दर्शकको माया पाउँछ भन्ने उदाहरण पछिल्ला केही गीतहरुले देखाइरहेका छन् । दर्शक तथा श्रोताको अत्याधिक माया पाएका कारण ‘फुलबुट्टे सारी’ बोलको गीतले युटुबमा छोटो समयमा नै लोकप्रियता हासिल गर्यो । यो गीत सार्वजनिक भएको १८ दिनमा १ करोड भन्दा बढी दर्शकले हेरे । हरेक बर्गका दर्शकले यो गीतलाई रुचाएका छन् ।

अब, यो गीतले युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ । यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो ।

 

विज्ञापन

सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ चित्रित भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीलाई दर्शकले रुचाएका छन् ।

नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार