होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधिसभा भंगपछि शुक्रबारदेखि राष्ट्रियसभाको हिउँदे बैठकः यस्तो छ तयारी
देश/प्रदेश

प्रतिनिधिसभा भंगपछि शुक्रबारदेखि राष्ट्रियसभाको हिउँदे बैठकः यस्तो छ तयारी

  • नागरिक रैबार
प्रतिनिधिसभा भंगपछि शुक्रबारदेखि राष्ट्रियसभाको हिउँदे बैठकः यस्तो छ तयारी

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा बैठकका लागि भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्षे अधिवेशनमा भन्दा अझै बढी दुरी कायम गरिएको, सभाहलमा अटोमेटिक सेनिटाइजर मेसिन राखिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनले भने–‘अहिले कोभिडको डरलाग्दो अवस्था छ, त्यसलाई ध्यान दिँदै कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएका छौँ । ब्यक्तिगत दुरी कायम गर्ने व्यवस्था गरेका छौँ । अटोमेटिक सेनिटाइजरको व्यवस्था गरेका छौँ ।

दुरी कायम गर्नका लागि ठाउँ ठाउँमा डोरी राखेका छौँ । संघीय संसद सचिवालयको स्वास्थ्य युनिटलाई तैनाथ गरेका छौँ । प्रशासकीय र व्यवस्थापकीय सबै काम सम्पन्न गरेका छौँ ।’ दुरी कायम गर्नका लागि दुईवटा कुर्सी खाली राखेर बस्ने ब्यवस्था गरिएको उनले बताए ।

विज्ञापन

भोलि कार्यव्यवस्था समितिको बैठक

प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाको बैठक कसरी सञ्चालन गर्ने, राष्ट्रियसभामा कायम रहेका विधेयकहरु कसरी अगाडि बढाउने भन्ने बारेमा छलफलका लागि बिहिबार कार्यव्यवस्था समितिको बैठक राखिएको छ । राष्ट्रियसभा अन्र्तगत रहेका बिधेयकहरु अघि कसरी अगाडि बढाउने भन्ने विषय राजनीतिक विषय भएकोले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलपछि मात्र निर्णय गरिने भएको हो ।

भोलि बिहान ११ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बस्ने कार्यव्यवस्था समितिको बैठकले एजेण्डाहरु तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए । राष्ट्रियसभामा यतिबेला १८ वटा विधेयक प्रक्रियामा रहेका छन् । यीमध्ये केही बिधेयक दर्ता गरिएको अवस्थामा रहेका छन् भने १० वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । अन्य ८ वटा विधेयकहरु दर्तापछि केही अध्ययनका लागि वितरण भएका छन् ।

राष्ट्रियसभाको बैठक आह्वान गरेपनि प्रतिनिधिसभा नभएको अवस्थामा विधेयकहरुलाई अघि बढाउन कानूनी जटिलताहरु थपिएको छ । साथै सो सभा अन्तर्गत रहेका संसदीय समितिको बैठक बस्ने र त्यसमा विधेयकबारे छलफल गर्ने विषयमा पनि अन्यौलता थपिएको छ । गत असार १८ गते सरकारले एकतर्फी रुपमा वर्षे अधिवेशन अन्त्य गरेको थियो भने गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार