होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिका बस्ने थापाको सहयोगमा महिलाहरुलाई बाख्रा वितरण
समाचार

अमेरिका बस्ने थापाको सहयोगमा महिलाहरुलाई बाख्रा वितरण

  • नागरिक रैबार
अमेरिका बस्ने थापाको सहयोगमा महिलाहरुलाई बाख्रा वितरण

चक्र बहादुर अएडी/बाजुरा १५ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा ७ जनी एकल महिलाहरुलाई बुधबार बाख्रा वितरण गरिएको छ ।

त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानि स्थाई घर भएका हाल अमेरिका वस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ ।

वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाको समन्वय तथा अमेरिका बस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बुधवार वडा अध्यक्ष भिम बहादुर थापाले एकल महिलाहरुलाई एक–एक वटा बाख्रा वितरण गरिएको अध्यक्ष थापाले बताए ।

विज्ञापन

आर्थिक अवस्था कमजोर भएकि र केहि गर्न सक्छु भन्ने एकल महिलाहरुलाई वितरण गरिएको हो । थापाले यति मात्र नभएर पछिल्लो समय सामाजिक कार्यमा पनि अग्रसर देखिदै आउनु भएको छ ।

यो भन्दा अगाढी पनि आर्थिक अवस्था कमजोर भएका बाढिपिडित अपांग टुहुराबालबालिकाहरु लाई पनि थापाले अमेरिकामा बस्ने नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरेर बिभिन्न ठाउँमा राहात पनि वितरण गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै