बझाङ: बझाङकी एक महिला ३ दिनदेखि वेपत्ता भएकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका ७ खगेडाकी खन्टि रोकाया बुधबारदेखि बेपत्ता भएकी हुन् ।
५० वर्षीया रोकायाको चप्पल र लुगा सेती नदी किनारमा फेला परेको स्थानीयले बताएका छन् । चप्पल र लुगा सेती नदी किनारमा फेला परेको हुँदा नदीमा हाम फालेको हुनसक्ने अनुमान छ । बेपत्ता रोकायाको खोजी कार्य भइरहेको स्थानीयले बताएका छन् ।
यस्तै अन्दाजी ८ वर्षीया बालिकासहित बेपत्ता भएकी बित्थडचिर गाउँपालिकाकी एक महिला पनि अझैं फेला परेकी छैनन् । वित्थडचिर गाउँपालिका ७ सुवाकोट घर भएकी मुन्नी बिक कात्तिक ६ गतेदेखि बेपत्ता भएकी थिइन् । सुवाकोट कर्म घर भएकी उनी ६ गते घरमा देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य चेकजाँच गरेर माइती घर जान्छु भनी हिडेकी उनी सोही दिनदेखि बेपत्ता भएकी हुन् ।
घरबाट निस्केपछि उनले देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिएको देखिएको छ । पातलो चेहरा भएकी उनी अन्दाजी आठ वर्षीया बालिकासहित बेपत्ता भएकी हुन् । उनी ४ महिनाको गर्भवतीसमेत रहेको पारिवारिक स्रोतले प्रहरीलाई पेश गरेको निवेदनमा उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका प्रहरी इकाई हुलिया खुलाई खोजी कार्यमा लाग्न निर्देशन दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु