होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिसस बाजुराकोे दोस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न
देश/प्रदेश

जिसस बाजुराकोे दोस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न

  • नागरिक रैबार
जिसस बाजुराकोे दोस्रो जिल्ला सभा मार्तडीमा सम्पन्न

नागरिक रैबार/बाजुरा १६ असार । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा दोश्रो जिल्ला सभा मार्तडीमा सम्पन्न भएको छ । संघ प्रदेश र स्थानीय तहवीच समन्वय, शुसासन, सहभागिता र पारदर्शिता, स्वास्थ्य, कृषि, रोजगारी र शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ मंगलबार जिल्ला समन्वय समिति बाजुराको दोस्रो जिल्ला सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को वास्तविक आयव्यय विवरण पेश गरिएको थियो । त्यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक आयव्यय स्वीकृत र चालु वर्षको खर्चको समर्थन, आगामी आर्थिक वर्ष ०७७/७८ को लागि आय र व्ययको अनुमान, कोभिड-१९ रोगको रोकथाम र जोखिम नियन्त्रण सम्वन्धि छलफल गरिएको थियो ।

त्यसै गरीे सभाले जिल्ला समन्वय समितिले गरेका चालु आर्थिक वर्षका हालसम्मका निणर्यहरु स्वीकृत गरेको छ । त्यस्तै सभाले जिल्ला समन्वय समितिको मुल प्रशासनीक भवन, कर्मचारी आवास, समिक्षालय भवन र अतिथि गृह निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, जिल्ला समन्वय समितिको कार्यालयबाट गरिने अनुगमनलाई प्रभावकारी बनाउने बारे व्यापक छलफल गर्दै दोस्रो जिल्ला सभा सम्पन्न गरिएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् ।

विज्ञापन

सभामा समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया, उपप्रमुख सुनिता सुनार, जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी गोविन्द गिरी, समन्वयका सदस्यहरु र जिल्लाका तल्लो क्षेत्रका ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु सहितको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार