होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पत्रकार खड्का मृत्युको घटना रहस्यमय, अनुसन्धान गर्न महासंघको माग
देश/प्रदेश

पत्रकार खड्का मृत्युको घटना रहस्यमय, अनुसन्धान गर्न महासंघको माग

  • नागरिक रैबार
पत्रकार खड्का मृत्युको घटना रहस्यमय, अनुसन्धान गर्न महासंघको माग

धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिमले डोटीका पत्रकार तेजबहादुर खड्का मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धानको माग गरेको छ।

महासंघका महासचिव योगेश रावलद्धारा जारी विज्ञप्तीमा घटना रहस्यपूर्ण रहेकाले अनुसन्धानको माग गरिएको छ।‘कङ्कालसँगै भेटिएका परिचय पत्र लगायतका केही सामाग्री लामो समय सम्म पनि दुरुस्तै देखिनुले घटना रहस्यमय भएको ठहर गर्दै मृतक खड्काको घटनाका बारेमा गम्भिर अनुसन्धानको माग गर्दछौँ।’ विज्ञप्तीमा भनिएको छ।

महासंघले मृतक खड्काका परिवारलाई सहयोग गर्न समेत माग गरिएको छ। खड्का २०७५ भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका थिए। गत वर्षको मंसिरमा भेटिएको कंकाल उनकै भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार