होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीमा प्रचण्ड-माधव पक्षको भेला,शाह र विकले सम्बोधन गर्ने
देश/प्रदेश

मार्तडीमा प्रचण्ड-माधव पक्षको भेला,शाह र विकले सम्बोधन गर्ने

  • नागरिक रैबार
मार्तडीमा प्रचण्ड-माधव पक्षको भेला,शाह र विकले सम्बोधन गर्ने

नागरिक रैबार/बाजुरा १४ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सोही अनुरुप बाजुरामा पनि प्रचण्ड-माधव पक्षलेसदरमुकाम मार्तडीमा प्रर्दशन गर्न लागेको हो ।

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै बाजुरामा पनि प्रर्दशन गर्न लागिएको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् ।

यसै क्रममा नेकपा बाजुरा प्रचण्ड-माधव पक्षले सदरमुकाम मार्तडीमा र्याली निकाल्ने तयारी गरेको छ । प्रचण्ड-माधव समूहको प्रर्दशनमा जिल्ला भरका कार्यकर्ता सदरमुकाम मार्तडी पुगिसकेको आयोजकले बताएको छ ।

विज्ञापन

सदरमुकाम मार्तडीको दुनिहाटबजारबाट निकालिने र्याली जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत हुने छ । आज मार्तडीमा हुने प्रदर्शनमा १ एकहजार नेता तथा कार्यकर्ता सहभागि हुने आयोजक प्रचण्ड-माधव पक्षको दावि छ ।

जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने सभामा नेकपा केन्द्रिय सदस्य युवा नेता प्रकाश शाह र पुर्व वाणिज्य तथा आपुर्ति मन्त्री कणर्बहादुर विक(केशव) ले सम्बोधन गर्ने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार