होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • विश्व कीर्तिमान राख्न निधारमा सिङ, जीउमा साढे ४०० प्वाल ! (भिडियोसहित)
विचित्र संसार

विश्व कीर्तिमान राख्न निधारमा सिङ, जीउमा साढे ४०० प्वाल ! (भिडियोसहित)

  • नागरिक रैबार
विश्व कीर्तिमान राख्न निधारमा सिङ, जीउमा साढे ४०० प्वाल ! (भिडियोसहित)

शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् ।

रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले ।

 

विज्ञापन

आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन । जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहने उनले बताएका छन् ।

बुखोल्च भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ । यसले मलाई बदलेको छैन । म त उही मान्छे नै हुँ ।’

बुखोल्चका शरीरमा ४५३ वटा प्वाल पारिएको छ । त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरिएको छ ।

यसअघि सन् २०१० मै उनले जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए । सन् २०१४ मा दुबई विमानस्थलमा ओर्लिएर होटलतर्फ जाने क्रममा उनको अनौठो मुखाकृति तथा जीउकै कारण फर्काइएपछि उनी चर्चामा आएका थिए, पहिलो पटक ।

उनले निधारमा प्रत्यारोपण गरेर दुईवटा सिङजस्ता आकृति निकालेका छन् । आँखीभौँ तथा मुखको वरिपरि कैयौँ रिङ तथा सुइहरु खोपिएको डरलाग्दो स्वरुप छ उनको ।

हालै गिनिज बुकले उनको भिडियो शेयर गरेसँगै उनी पुनः चर्चामा आएका छन् ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार