होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हराएको ११ तोला सुन पाउँदाको खुशी…
समाचार

हराएको ११ तोला सुन पाउँदाको खुशी…

  • नागरिक रैबार
हराएको ११ तोला सुन पाउँदाको खुशी…

१३ कार्तिक,बुटवल । बुधबार साँझ बुटवलबाट हराएको ११ तोला सुनका गहना बुटवल प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक नुरराज सारुको कमाण्डमा खटिएको टोलीले बुटवल–७ बसपार्कमा कपडाको झोलासहित ११ तोला सुनका गहना फेला पारेको हो ।

कपिलबस्तुबाट बुटवल आउने क्रममा सैनामैना नगरपालिका–४ की विन्दु पोखरेलको झोला बुटवलको भुड्कीचोकबाट हराएको थियो । झोला हराएपछि उनले प्रहरीमा निवेदन दिएकी थिइन् ।

 

विज्ञापन

निवेदनका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । फेला परेको सुनका गहना सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतित सिंह राठौरले बताए ।

हराएको सुनका गहना पाउँदा पोखरेलको मुहारमा खुशी छाएको थियो । पोखरेलले हराएको गहना फेला पार्ने प्रहरीलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार