होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमबाप्पेको चोटले पीएसजी दबाबमा .
समाचार

एमबाप्पेको चोटले पीएसजी दबाबमा .

  • नागरिक रैबार
एमबाप्पेको चोटले पीएसजी दबाबमा .

पेरिस : महत्वपूर्ण खेलअघि आफ्ना प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पे घाइते भएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) दबाबमा परेको छ। फ्रेन्च लिग विजेता पीएसजीले आगामी अगस्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने कार्यक्रम छ।

च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। च्याम्पियन्स लिगको लिस्बनमा हुने क्वार्टरफाइनलमा पीएसजीले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ। घाइते भएका कारण २१ वर्षीय एमबाप्पेले उक्त खेल खेल्न नसक्ने बताइएको छ।

एमबाप्पे गत शुक्रबार फ्रेन्च कपको फाइनल खेल्ने क्रममा घाइते भएका थिए। फ्रेन्च कपको फाइनलमा पीएसजीले सेन्ट एटिनलाई १–० गोलले हराउँदै उपाधि हात पारेको थियो। सोही खेलमा एमबाप्पे घाइते भएका थिए। खेलको २६औं मिनेटमा सेन्ट एटिनका कप्तान लोइक पेरिनले एमबाप्पेलाई खतरनाक ट्याकल गरेका थिए।

विज्ञापन

घाइते भएलगत्तै उनलाई मैदानबाट बाहिर निकालिएको थियो। एमबाप्पेको गोलीगाँठोमा गम्भीर चोट लागेको बताइएको छ। चिकित्सकले एमबाप्पे तीन सातासम्म खेलमा फर्कन नसक्ने जनाएका छन्। पीएसजी सेमिफाइनलमा पुगेमा भने एमबाप्पेले उक्त खेल खेल्न पाउने छन्।

च्याम्पियन्स लिगको सेमिफाइनल खेल अगस्ट १८ मा खेलिनेछ। एमबाप्पेको स्वास्थ्य परीक्षणपछि उनको गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएको छ। ‘एमबाप्पेले च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्न पाउने छैनन्। यसबाट हामी पनि निराश छौं। उनको गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएको छ। चिकित्सकले उनलाई तीन सातासम्म खेलबाट टाढा रहन सुझाव दिएका छन्’, पीएसजीले भनेको छ।

फ्रान्सेली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका हुन्। त्यसअघि उनी अर्को फ्रान्सेली क्लब मोनाकोमा आबद्ध थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार