होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सविनसँग एकसाथ हिड्न चाहने वर्षा
मनोरञ्जन

सविनसँग एकसाथ हिड्न चाहने वर्षा

  • नागरिक रैबार
सविनसँग एकसाथ हिड्न चाहने वर्षा

नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् ।

अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका पुगेकी वर्षाले भने सविनसँगको प्रेमलाई खुलेरै व्यक्त गरिरहेकी छिन् । यसले पनि सविन र वर्षाको प्रेम झनै बलियो बनेको र उनीहरु जीवनको नयाँ यात्रा गर्ने सोचमा पुगेको वुझ्न सकिन्छ ।

 

विज्ञापन

वर्षाले सामाजिक संजालमा लेखेकी छिन्–‘समस्या उत्पन्न गर्ने यो सडकमा केही समयका लागि म एक्लै थिएँ । तर, यो समय एकसाथ अगाडि बढ्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउने हो । यसका लागि तयार हुनुहोस् ।’

वर्षाले आफूले केही समय जीवनमा एक्लै अगाडि बढेको र सो समयमा विभिन्न वाधा आएपनि सविनसँगको साथले अब जीवनलाई रोमाञ्चित बनाउन चाहेको उल्लेख गरेकी छिन् ।

यसले पनि सविन र वर्षा जीवनको नयाँ यात्राका लागि तयार भएको वुझ्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार