होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागि स्वाव जुम्ला पठायो
देश/प्रदेश

बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागि स्वाव जुम्ला पठायो

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागि स्वाव जुम्ला पठायो

राजेन्द्र बहादुर रोकाया/ बाजुरा १३ असार । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागी स्वाब जुम्ला पठाएको छ । नगरपालिकामा रहेका विभिन्न क्वारेन्टिनमा बसेकाको पीसीयार परिक्षणका लागि स्वाब जुम्ला पठाईएको हो ।

बुढिनन्दा नगरपालिका भित्र रहेका १२ क्वारेन्टाइनबाट ३६८ जनाको स्बाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याईएको नगर प्रमुख पदम गिरिले बताउनुभएको छ ।

नगर प्रमुख गिरिका अनुसार आरडीटी परिक्षणबाट पोजेटिभ आएका ३६८ जनाको स्बाव संकल गरी जुम्ला पठाएको बताउनुभयो । अन्य स्थानमा पठाउँदा पीसीयार परिक्षणको रिपोर्ट ढीलो गरि आउने भएपछि नगरपालिकाका विभिन्न क्वारेन्टिनबाट स्बाव संकल गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको हो ।

विज्ञापन

आरडीटी परिक्षणले क्वारेन्टिनबाट समुदाय स्तरमा समेत संक्रमण फैलिने उच्च जोखिम भएकोले छिटो होस् भन्नको लागि कोरोना परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाएको नगर उपप्रमुख सृष्टि रेग्मी बताउनुभयो । स्बाव संकलमा कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका फोकल पेर्सन ओमजङ शाही, ल्याबका बसन्त रेग्मी लगायत स्वास्थ्यकर्मीको टोलीले विभिन्न क्वारेन्टिनमा पुगेर स्बाव संकलन गरेका थिए ।

यो बिषम परिस्थितिमा समन्वय गरेर सहयोग गर्नुहुने प्रदेश माननिय बलदेब रेग्मी, कर्णाली सरकारका समाजिक मन्त्री दल रावल, कर्णाली विज्ञान प्रतिष्ठानका डाइरेक्टर डाक्टर मंगल रावल र बुढिनन्दा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षकर्मीलाई उपप्रमुख रेग्मीले धन्यवाद व्यक्त गर्नुभएको छ । यो बिषम परिस्थितिमा आगामी दिनमा पनि सहयोग र समन्वयको अपेक्षा गरेको बताउनुभएको छ् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार