होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनमा जंगली जनावर खान प्रतिबन्ध
अन्तर्राष्ट्रिय

चीनमा जंगली जनावर खान प्रतिबन्ध

  • नागरिक रैबार
[sharethis-inline-buttons]
चीनमा जंगली जनावर खान प्रतिबन्ध

चीनको उच्च विधायन समितिले सोमबार सबै किसिमका जंगली जनावरको व्यापार गर्न र खान प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यस किसिमको व्यवहारलाई चीनमा कोरोना भाइरस विस्तारको कारण मानिएको छ।

चीनले अझै पनि जंगली जनावर संरक्षणको कानुन समीक्षा गर्न बाँकी नै छ। तर, यो प्रस्ताव पारित गर्नु देशको महामारीविरुद्ध लड्न आवश्यक र जरुरी मानिएको ‘पिपुल्स डेली’ले जनाएको छ।

विज्ञहरूले नयाँ कोरोना भाइरस मानिसमा खानाका रूपमा जंगली जनावरको प्रयोगले सरेका मान्दै आएका छन्। यो विशेष गरी चमेरो र सर्पबाट आएको विश्वास गरिँदै आएको छ। नयाँ नीतिले जंगली जनावरको उपभोगमा व्यापक प्रतिबन्ध लागेको पिपुल्स डेलीले जनाएको छ। यो प्रतिबन्ध नमान्नेलाई ठूलो सजाय गरिनेछ।

विज्ञापन

यो प्रस्ताव नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिमा बुझाइएको छ। “यसले जंगली जनावर खान र यसको गैरकानुनी व्यापार गर्न रोक्ने लक्ष्य लिएको छ,” समितिले भनेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार