होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा चितवन इन्चार्जद्वारा ओलीको कदमको विरोध
देश/प्रदेश

नेकपा चितवन इन्चार्जद्वारा ओलीको कदमको विरोध

  • नागरिक रैबार
नेकपा चितवन इन्चार्जद्वारा ओलीको कदमको विरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको दावी गर्दै त्यसको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय मदननगर भरतपुरमा चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिँदै उनले यसको सशक्त विरोध गर्न आग्रह गरेका हुन् ।दुई तिहाइ बहुमत पार्टी कमिटीमा जोसँग रहेको छ, त्यही नै मुल पार्टी हुने बताउँदै उनले विगतका नजिर र आफूहरूले पेस गरेका प्रमाणलाई हेरेर निर्वाचन आयोगले निर्णय गर्ने उल्लेख गरे । नेता खनालले संविधानले परिकल्पना नै नगरेको संसद विघटनको सिफारिस अदालतले अवैधानिक फैसला गर्ने बताए ।

बागमती प्रदेसका संसद समेत रहेका खनालले पार्टी केन्द्रीय समितिको निर्णय बमोजिम चितवनका ७ वटा तहमा महानगर, नगर र गाउँपालिका र ती सबै पालिकामा १६ र १७ गते सम्म भेला, कमिटी पुनर्गठन र बैठक बसिसक्नुपर्ने बताए ।

विज्ञापन

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले पार्टीलाई सिध्याउन केपी ओली र उनको समूह लागिपरेको बताउँदै संसद विघटन र पार्टी कमिटीको विधान विरोधी गतिविधि यसको ज्वलन्त प्रमाण रहेको बताइन् । उनले पुस १४ गते काठमान्डौ केन्द्रीत विरोध प्रदर्शन कार्यक्रम चितवनबाट ब्यापक सहभागी गराउन केन्द्रित हुन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

बैठकमा जिल्ला अध्यक्ष यमबहादुर परियारले बैठकको आवश्यकता र बदलिदो अवस्थामा गर्नुपर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए । बैठकमा बागमती प्रदेश सांसद कृष्ण भुर्तेल, पार्वती सिलवाल, सचिवालय सदस्य आरसी अधिकारी, निशा अधिकारी, प्रकास ढुड्गाना, कृष्ण केसीलगायतले आआफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार