होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड-माधव पक्षको भेला मार्तडीमा, कसले के भने हेर्नुस !
समाचार

प्रचण्ड-माधव पक्षको भेला मार्तडीमा, कसले के भने हेर्नुस !

  • नागरिक रैबार
प्रचण्ड-माधव पक्षको भेला मार्तडीमा, कसले के भने हेर्नुस !

नागरिक रैबार/बाजुरा ११ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दहाल प्रचण्ड- माधव कुमार नेपाल समूहले पनि मार्तडीमा आकस्मिक भेला गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीको अपि होटलमा प्रचण्ड-नेपाल समूहका नेताहरुले आकस्मिक भेला गरेको हो ।

केन्द्रमा प्रचण्ड-माधव पक्ष नेताहरु एकातिर भएपछि बाजुरामा पनि पहिलो पटक प्रचण्ड-माधव पक्षले आकस्मिक भेला गरेका थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपा समेत विभाजनमा देखिएको छ । प्रचण्ड-माधव समूहले अहिले सडक संघर्षका कार्यक्रम तय गरेर अगाडि बढेको छ ।

No description available.

विज्ञापन

आकस्मिक भेलामा प्रमुख अतिथि रहेकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल कुमारी शाहले केपी शर्मा ओलीले जनतामाथि खेलबाड गरेको आरोप लगाएकि छन् । उनले ओलीले लिएको असंबैधानिक कदम र अलोकतान्त्रिक निणर्यका विरुद्ध एक भएर उभिन नेता तथा कार्यकर्तालाई निर्देशन गरेकि छिन् ।

No description available.

यस्तै युवा नेता महेश शाहीले प्रधानमन्त्री ओलीले एक्कासी संसद विगठन गर्नु भनेको जनताको जनमतलाई विश्वासघात गर्नु सरह भएको आरोप लगाए । साथै उहाँले भने प्रतिनिधिसभा बिगठन गर्नु तीन कराेड नेपाली जनताको जनमतको अपमान हाे । असँबैधानिक कदम हाे । घर झगडा हल गर्नुकाे सट्टा,आफ्नो घर र देशै भरि आगाे लगाउने काम हाे । प्रतिगमनकारी कदम हाे । गणतन्त्र सिद्दयाउने खेल हाे नेता शाहीले भन्नु भयाे

Image may contain: 6 people, including Manoj Swarnakar, people sitting

त्यस्तै नेकपा बाजुरा कार्यालय सदस्य गगन रावलले प्रधानमन्त्री ओलीले पार्टीको विधि विधानलाई कुल्चेर अगाडि बढेको आरोप लगाए । प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाउँदै नेता रावलले प्रधानमन्त्रीले चालेका कदमको विरुद्ध जनताहरु एकढिक्का भएर लाग्नु पर्ने बाध्यता सिर्जना भएको बताएका छन् ।

No description available.

यसै गरी सचिवालय सदस्य पुरबहादुर रावतले ओली नेतृत्वको नेकपा एउटा आधिकारीक र वैधानिक पार्टी नभएको बताएका छन् । उनले संविधानमा उल्लेख भए अनुसार अब नेकपा प्रचण्ड-माधव नेतृत्वकै हुने हुने दावी गरे ।

No description available.

कार्यक्रममा सचिवालय सदस्य मनोज विकले केपी ओलीले विदेशीको इसारामा चलेर पार्टीलाई विभाजन गरेको आरोप लगाएका थिए ।

No description available.

त्यस्तै नेकपा नेतृ विनिता विकले प्रधानमन्त्री ओली पक्षको नेकपा आधिकारीक नभएकोले प्रचण्ड-नेपाल समूहको नेकपालाई विश्वास गर्न कार्यकर्तालाई आग्रह गरेकि थिईन् ।

मार्तडीमा उपलव्ध भएका नेकपा प्रचण्ड-माधव पक्षका नेताहरु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल कुमारी शाह, नेकपा बाजुरा कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य पुरबहादुर रावत, मनोज विक, जिल्ला विनिता विक, युवा नेता महेश शाही, चन्द्रबहादुर थापा काँसी नेपाली, बुद्धी बोगटी, शुरेस विक, प्रेससंगठनका केन्द्रीय लेखा आयोगका सदस्य प्रेमबहादुर विक, राष्ट्रिय युवा संघ बाजुरा संयोजक सन्तोष विक लगायत ६० बढी नेकपाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल कुमारी शाहको प्रमुख आतिथ्यतामा बसेको प्रचण्ड-माधव समूहको भेलाले बाजुरामा प्रचण्ड-नेपाल पक्षको बहुमत रहेकोे निष्कर्ष निकालेको थियो । आकश्मिक भेलाले आगामी दिनका कार्यक्रमहरु थप संघर्षरत गर्ने पनि बताएको छ । भेलाको संचालन नेकपाका नेता गोरख बहादुर सार्कीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै