होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी
Breaking News

सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी

  • नागरिक रैबार
सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी

धनगढी : सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी रहेको हो।

उनीहरुमा धेरैजसो क्वारेन्टिनमा बसिरहेका व्यक्ति रहेका छन् भने संक्रमितको सम्पर्कमा आएकाहरुको रिर्पोट पनि आउन बाँकी रहेको हो।

स्वास्थ्य निर्देशनालयले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका दुई हजार एक सय ५७ र धनगढी प्रयोगशालामा पठाइएका दुई हजार ८ सय ९९ जनाको परीक्षण बाँकी रहेको जनाएको छ।

सुदूरपश्चिममा १५ हजार तीन सय १९ जनाको पीसीआर विधीबाट कोरोना परीक्षणमा भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार