होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • कोरोना पछिको शैक्षिक बहस समाजबाद उन्मुख
शिक्षा

कोरोना पछिको शैक्षिक बहस समाजबाद उन्मुख

  • नागरिक रैबार
कोरोना पछिको शैक्षिक बहस समाजबाद उन्मुख

अहिले विश्व कोरोना भाइरस संग लडिरहेको छ। यसले हाम्रो जस्तो अलप्बिकसित, गरिबी ,भोकमरी बेरोजगारी को चपेटामा गुर्जियको देश मा निम्त्यान सक्ने आर्थिक ,सामाजिक स्वास्थ्य,शैक्षिक, राजनैतिक, धार्मिक र सांस्कृतिक परिबर्तन लाई अहिले हामीले अनुमान गर्न सकिन्छ ।

तरपनी कोरना भाइरस ले निम्त्याएका समस्या संग लड्ने विभिन्न अस्त्र मध्य एउटा् अस्त्र शैक्षिक क्षेत्र पनि हो।

अहिले को महामारी ले निम्त्याएको बेरोजगारी ,भोकमरी ,आर्थिक मन्धी संग लड्ने एउटा बिकल्प कृषि सम्बन्धि कार्यक्रम मा जोड दिनुहो। किनकी नेपाल मा 70% भन्दा बडि मानिशहरु कृषि पेशा मा आवद्ध छ्न जीवन निर्बाह को प्रमुख साधन कृषि छ ।

विज्ञापन

उसोत नेपाल ले आत्म निर्भर बन्ने अबशर प्राप्त गरेको छ ,किनकी नेपाल मा भयको बाजो जमिन लाइ सदुपयोग गरि किसान लाई बीउ बिजन ,मल विभिन्न औजार उपकरण हरु,उपलब्ध गरायर उत्पादनमा वृद्धि गरेर निर्यातमा बडावा गरि बिदेशी पैसा भित्र्याउन सक्ने ठूलो अबसर आयको छ यस्को लागि सरकार ले समयमै कृषि सम्बन्धी कार्यक्रम ल्यावस,कृषक का लागि चाइने तालिम को ब्यब्स्था गरौ !

कृषि कार्यक्रम बाट सरकार ले रोजगार मुखी कार्यक्रम लाई बडवा दिनु को बिकल्प छैन । त्यो संग संगै हाम्रो शिक्षा प्रणालीमा सुधार हुन जरुर देखिन्छ ।अहिले विश्व कोरोना भाइरस संग लडिरहेको छ।

यसले हाम्रो जस्तो अलप्बिकसित, गरिबी ,भोकमरी बेरोजगारी को चपेटामा गुर्जियको देश मा निम्त्यान सक्ने आर्थिक ,सामाजिक स्वास्थ्य ,शैक्षिक,राजनैतिक,धार्मिक र सांस्कृतिक परिबर्तन लाई अहिले हामीले सजिलैसँग अनुमान गर्न सक्छौ ।

तरपनी कोरना भाइरस ले निम्त्याएका समस्या संग लड्ने विभिन्न अस्त्र मध्य एउटा् अस्त्र शैक्षिक क्षेत्र पनि हो। अहिले को महामारी ले निम्त्याएको बेरोजगारी ,भोकमरी ,आर्थिक मन्धी संग लड्ने एउटा बिकल्प कृषि सम्बन्धि कार्यक्रम मा जोड दिनुहो।

किनकी नेपाल मा 70% भन्दा बडि मानिशहरु कृषि पेशा मा आवद्ध छ्न जीवन निर्बाह को प्रमुख साधन कृषि छ ।

उसोत नेपाल ले आत्म निर्भर बन्ने अबशर प्राप्त गरेको छ ,किनकी नेपाल मा भयको बाजो जमिन लाइ सदुपयोग गरि किसान लाई बीउ बिजन ,मल विभिन्न औजार उपकरण हरु,उपलब्ध गरायर उत्पादनमा वृद्धि गरेर निर्यातमा बडावा गरि बिदेशी पैसा भित्र्याउन सक्ने ठूलो अबसर आयको छ यस्को लागि सरकार ले समयमै कृषि सम्बन्धी कार्यक्रम ल्यावस,कृषक का लागि चाइने तालिम को ब्यब्स्था गरौ । कृषि कार्यक्रम बाट सरकार ले रोजगार मुखी कार्यक्रम लाई बडवा दिनु को बिकल्प छैन । त्यो संग संगै हाम्रो शिक्षा प्रणालीमा सुधार हुन जरुर देखिन्छ ।

अब को बाटो श्रम लाई सम्मान ,सिर्जनशील ,दक्ष ,प्रतिस्परधि,उत्पादन शिल्र र नवप्रबर्तनशिल मानव स्रोत को बिकाश गरि देश लाई उत्पादनमा निर्भर बनाइ आर्थिक बिकाश गर्नु हो त्यसको लागि समाज वाद को बिकल्प छैन राजनिती र शिक्षा संगै नहिडेर समाजबाद कार्यन्वन हुन सक्दैन,समाजबादि शिक्षा लाई मैले राजनिती मा जोड्न खोजेको हैन समाजबाद नितान्त ब्यक्ती लाई आतमनिर्भर बनाउने, एउटा यस्तो राजनैतिक आर्थिक व्यवस्था हो जहाँ मुलुक को अर्थतन्त्रको पूर्ण स्वामित्व सरकारमा निहित हुन्छ , र समाजवादमा समाजको आर्थिक एवं भौतिक साधनहरु संगठित गरि मानब संशाधन द्वारा त्यसको नियन्त्रण गर्दै गतिशील रुपमा उत्पादन र न्यायोचित वितरण गरि बर्गरहित, आधुनिक र बैज्ञानिक समाजको स्थापना गरिन्छ।बिपि ले पनि समाजबाद लाइ प्रतेक ब्यक्तिको जिबनशैली संग प्रत्यक्ष जोडियको अबस्था,जीवन उपयोगी र गुणात्मक शिक्षा को माध्यम बाट शिक्षित सुसंस्क्रीत,र समुन्नत तथा गतिशील समाजको स्थापना बिकाश गर्न गुणस्तरीय शिक्षा संगै समाजबादी शिक्षा को बिस्तार गर्नु थियो ।

भने मार्क्सबादी सिद्दान्त अनुसार मानब समाज साम्यबाद सम्म पुग्नको लागि पार गर्नुपर्ने एक खुड्किलो बैज्ञानिक समाजबाद हो, र नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने बिपी कोइरालाको समाजबादी चिन्तन, मदन भण्डारीको जबज अनि प्रचण्डपथ हुदै २१ औ शताब्दीको जनबाद को साझा बिन्दु बैज्ञानिक समाजबाद हो।फलस्वरुप नेपालको संबिधान २०७२ ले समाजबादी राज्यको परिकल्पना गरेको छ नेपाल को संविधान त्यस तर्फ अग्रसर भैसकेको छ।,

शिक्षा मानब संशाधन उत्पादन को आधार हो । समाजवादी शिक्षाको मुख्य बिशेस्ता भनेको उत्पादन र श्रम संग प्रतक्ष्य रुपमा जोडिनु हो ।मार्क्सका अनुसार सामुहिक उत्पादन मा जोड दिई उत्पादनको न्यायोचित र समतामुलक वितरण समाजबाद को प्रमुख ध्येय हो।

शिक्षा उत्पादन संग जोडिनु पर्छ,पहिला देश लाई कति मान्छे कहाँ आबस्यक छन पुर्बाअनुमान गरौ अनि त्यसको आधार मा शैक्षिक सस्था ,सीप केन्द्र खोलौ साथै देश किर्सी प्रधान छ त्यसको लागि प्राबिधिक Prevocational education अनि technological education मा जोड दियौं ।

नेपालमा यतिखेर आर्थिक हैसियतका आधारमा पढाई हुने ब्यवस्था बिध्यमान छ।देश संघियता मा गयको 3 बर्ष पुगिसकेको छ ।

संघिय ब्यबस्था कार्यनयन पछि स्थानीय सरकार बनिसकेको र स्थानिय सरकार संचालन एन 2074 बी.स . 2074/6/29 देखि लागू भैसकेको छ ।नेपाल को संविधान 2072 को मौलिक हक अन्तर गत धारा 31 मा शिक्षा सम्बन्धि हक उल्लेख गरि प्रत्येक नागरिक लाई आधार भुत तह शिक्षा मा पहुँच को हक ,र आधारभुत तह सम्म अनिबार्य र निशुल्क माध्यमिक तहसम्म निशुल्लशिक्षा पाउने हक को ब्यब्स्था संगै 5 वटा हक ब्यबस्था गरियता पनि,अझै संघीय शिक्षा ऎन बन्न सकेको छैन ,शिक्षा नीति अस्पस्ट छ, देश र यस्तो अस्पस्ट शिक्षा नीतिका कारण फरक मनोबिज्ञान, फरक दृष्टिकोण र व्यक्तिवादीविचारका जनशक्तिको उत्पादन भईराखेको छ, ।

देशमा पुजिवादी शक्तिको हालिमुहाली को उपज बिद्यार्थी हरुमा अपुरो शिक्षा प्रदान गरिदैछ, र मुलुकको पिछौडापनको प्रमुख कारण यस्तो जनशक्ति द्वारा सिर्जित नीतिगत, आर्थिक तथा सबैखाले अनियमितता हुन्।
आधुनिकता, राष्ट्रियता, लोकतन्त्र र सामूहिक एकता समाजवादी शिक्षाका आदर्श हुन् ।

समाजवादी शिक्षाले व्यक्तिवादी सोच र स्वार्थीपनाको अन्त्य गर्दै विद्यार्थीहरुमा सामूहिक भावनाको विकास गर्न सिकाउँछ, र समाजवादी शिक्षाको अर्को महत्वपुर्ण आयाम भनेको “जीवनका लागि शिक्षा” केही हुनका लागि शिक्षा , “जिउनका लागि शिक्षा” गरेर खान को लागि शिक्षा, हो।

अहिलेको शिक्षा प्रणाली अनुसार न त हामी जीवन लाइ बुझ्न सकिरहेका छौ, न त जीवन जिउन सक्ने बनेका छौ,नैतिकता नि बुजेका छैनौ।

तसर्थ जीवन सहज र गरेर खाने जीविकोपार्जनका लागि समाजवादी शिक्षा नितिको अपरिहार्यता प्रस्ट छ, र समाजमा श्रम प्रति सम्मान गर्ने, अधिकार प्राप्तिका लागि संघर्ष गर्न सक्ने, कर्मप्रति उत्तरदायी नागरिक उत्पादन गर्नका निम्ति समाजबादी शिक्षा को आबश्यकता छ। त्यसैगरी बढ्दै गएको श्रम र शिक्षा बिच को दुरी घटाउन उत्पादनमुखी प्राविधिक बिश्वबिध्यालय हरु निस्वार्थ ढंग बाट चलाउन जरुरि छ, र बिश्वबिध्यालय हरुको पाठ्यक्रममा श्रम लाइ पनि समाहित गर्नै पर्छ र समयसापेक्ष अनुसन्धान का कार्यक्रम हरु प्रभावकारी ढंगले चलाउनु पर्छ देश र माटो सुहाउँदो शिक्षा को लागि पाठ्यसामग्री को निर्माणका साथै यसको बिश्वब्यपिकरण गरिनुपर्छ।

यसका साथै शिक्षाको पूर्ण भार राष्ट्र ले लिई संविधानतः संरक्षित हक मा ब्यबस्था भयको मौलिक हक को प्रभाबकारी रुपमा कार्यन्वयन हुनुपर्छ ।

समाजवादी शिक्षाको मुल मन्त्र भनेको सर्भसुलभ र समान शिक्षा हो र यसको प्राप्ति को एउटै माध्यम भनेको बर्तमान शिक्षा नीति बिरुद्द को संघर्ष हो, र संबिधान ले नै देखाएको बाटो भन्दा बाहिर गएर निजि शिक्षालय संचालन गर्न प्रशय दिने क्रान्तिकारी खोल ओढेका पूंजीवादी सोच हरु लाइ निस्तेज गर्न सक्नु नै समाजबाद प्राप्तिका लागि सबैभन्दा ठुलो उपलब्धि हुनेछ।

अहिले गुणस्तरीय शिक्षा संगै बजार को माग अनि अन्तर्राष्ट्रिय श्रम बजार मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजको आबश्यक्ता रहेको छ। झन कोराना को प्रभाब ले गर्दा SEE देखि सबै बिश्वबिद्धालय सम्म का परीक्षा स्थगित गरियका छनअध्यन अध्यापन ठप्प छ, बिध्यार्थिहरु मा अन्यौल ता संगै मनोबैज्ञानिक असर परेको छ।यस्को लागि पनि राज्यले उचित नितिगत ब्यबस्थ गर्नु अहिले को आबश्यक्ता देखिन्छ ।

अत: समाजबाद उन्मुख शिक्षा आजको आबस्यक्ता हो किनकी अहिले मान्छे गरेर खाने श्रम पर्ती सम्मान गर्दै जीवन सहज साथै मर्यादित एबम परिस्कृत जीवन सम्मानित रोजगारी चाहान्छन ।

यसको लागि ज्ञानमा आधारित समाज को माध्यम बाट समाजबादी शिक्षा प्रदान गरि मुलुक को दिगो शान्ति र सम्रीधी का लागि शिक्षालाइ महत्त्वपूर्ण माध्यम का रुपमा स्वीकार गरि सबैको लागि गुणस्तरीय समाजबाद उन्मुख शिक्षा को सुनिश्चितता गर्न्नु अपरिहार्य देखिन्छ ।

लेखक : समीर थापा त्रिभुवन बिश्वबिद्धालय शिक्षा बिभाग

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार