होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • “कोरोना कहर”बाट उन्मुक्ती पाउन तत्काल चाल्नुपर्ने कदम
देश/प्रदेश

“कोरोना कहर”बाट उन्मुक्ती पाउन तत्काल चाल्नुपर्ने कदम

  • नागरिक रैबार
“कोरोना कहर”बाट उन्मुक्ती पाउन तत्काल  चाल्नुपर्ने कदम

सबै नेपालीमा,
नमस्कार ।
आज विश्व नै स्वास्थ्य संकटमा छ । यसबाट हामी नेपाली अछुतो रहने कुरै भएन । यो संकटबाट उन्मुक्ति पाउन विश्वका सबै शक्ति लागिपरेका छन् । हामी पनि डटिरहेकै छौं । ईटाली, फ्रान्स, स्पेन लगायतका यूरोपियन राष्ट्रको तयारी र सामना गर्ने रणनीतिले नपुगेर अहिले ती राष्ट्रहरु लर्खराईरहेको बेला अमेरिका समेत सोही कारणले धर्मराईरहेको छ ।

एक पटक सोचौं त हाम्रो तयारी कत्तिको दरिलो र कुन अवस्थामा छ ? हामी कुन रणनीतिका साथ अगाडि बढ्ने ? चीनको अनुभवबाट के सिक्ने र ईटालीको हेल्चेक्य्राई नदोहोर्‍याउन के गर्ने ? यी बिषयमा सरकार केन्द्रित रहन जरुरी छ ।

मेरो विचारमा सरकारले तत्काल गर्नुपर्ने देहायका कार्यहरु गरेमा संकटबाट पार पाउन सहायकसिद्ध हुन सक्छन् :

विज्ञापन

१) सबैभन्दा पहिला सरकारले गरेको “लक डाउन” सतप्रतिशत कार्यान्वयन गरौ । धेरै स्थानमा उलंघन भएको छ । यसलाई रोक्न आवश्यक परे नेपाली सेना परिचालन गरौ ।

२) “लक डाउन” बाट हुने असुबिधा (अत्यावश्यक उपभोग्य सामाग्री प्राप्ति) लाई सहज बनाउन २४ घण्टा अनलाईन सेवा दिने व्यवस्था मिलाऔ । यसमा वाणिज्य विभागलाई “फोकल” तोकौ । उक्त विभागको निर्देशन र समन्वय नमान्ने निजी क्षेत्रलाई तत्काल कारवाही गरौ । र लाईसेन्स वा ईजाजत नवीकरण नगर्ने व्यवस्था मिलाऔ ।

३) चीनको अनुभव र आर्थिक, प्राविधिक सहयोगको लागि “सहायता कुटनीती”को प्रयोग तत्काल गरौ ।

४) विभिन्न क्षेत्रमा तयार पारिएका “आईसोलेसन वार्ड” “क्वारेन्टाईन” मा चाहिने “मेडिकल ईक्वीप्मेन्ट” यथाशिघ्र पुर्याऔ । खरिद प्रकृयालाई सहजीकरण गर्न “क्याविनेट निर्णय” गर्ने सुविधाको व्यवस्था मिलाऔ ।

५) हामी कहाँ अहिले “भेन्टिलेटर” सुबिधा कति छ तथ्यांक विश्लेषण गरौ । यथाशिघ्र “भेन्टिलेटर” खरिद गरौ। अहिले नै कम्पनीलाई आवश्यकता अनुसारको “भेन्टिलेटर” खरिदका लागि अर्डर दिउ । पछि तत्काल उपलब्ध हुनै सक्दैन । भारतले दिदैन, आफै ग्रस्त छ । यूरोप, अमेरिका आफै शिथिल छन् । यसमा तत्काल “कुटनीति” प्रयोग गर्न ढिला नगरौ ।

६) कम्तिमा ७ प्रदेशमा ७ ओटा सुबिधा सम्पन्न ल्याबको स्थापना र संचालन तुरुन्त गरौ र संका लागेका सबैको “स्याम्पल” परीक्षण गरौ। झ्वाट्ट हेर्दा नपत्याईने तर सम्भव हुने कार्य हो यो ।

७) तत्काल “स्वास्थ अवस्था” को जानकारी दिने “मोबाईल एप्स” तयार पारौं । उक्त “एप्स” को पहुँचमा हुन सक्नेले दैनिक आफ्नो तापक्रम र स्वास्थ्य अवस्था “एप्स” मार्फत सरकारलाई जानकारी दिउ । उक्त “एप्स” बाट प्राप्त सुचाना विश्लेषण गर्न एउटा छुट्टै “मेडिकल टीम”को गठन गरौं । संका लागेकोलाई “आईसोलेसन”मा राखेर हेरचाह गरौं ।

८) अहिले “कोभिड 19” पुष्टि भएकाको संगत र सम्पर्कमा आएका सबैको पहिचान गर्ने छुट्टै “सेल” गठन गरौं । पहिचान गर्न मोबाईल ट्र्याकिङ्ग गर्न सकिन्छ । सामाजिक संजालबाट सुचना जारी गर्न सकिन्छ । पोजेटिभ ईन्फ्लुन्स पार्न सकिन्छ । यथाशिघ्र यो कार्य गर्नुपर्छ । अन्यथा थप फैलिने सम्भावना उत्तिकै छ ।

९) सिल गरिएको बोर्डर एरिया (विशेषगरि भारत) लाई कडा निगरानीमा राख्नुपर्छ । कोही प्रवेश गरिहाले अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखौ ।

१०) सम्माननीय प्रधानमन्त्रीज्यूबाट हरेक दिनको साझ (उपयुक्त समयमा) यो संकटको बारेमा वास्तविक अपडेट दिन जरुरी छ । अन्यथा जनतामा रहेको त्रास र निरास यथावत रहन्छ । डरलाई जित्नु पनि “ईम्यून पावर” बढाउनु हो ।

११) माथी उल्लेखित केही कार्य गर्न कानूनी जटिलता पक्कै छन् । यसका लागि “सन सेट ल”का रुपमा “कोभिड 19, नियन्त्रण सम्बन्धी कानून” बानाउन सकिन्छ जसलाई आवश्यकतानुरुप संसोधन र संकटमुक्त भएपछि खारेज गर्न सकिन्छ ।

यो राजनीतिक एवं प्रशासनिक नेत्तृत्व परिक्षण हुने बेला हो । यो संकटबाट पार पाउन र जनताको सरकारप्रतिको भर, आशा, र भरोसालाई मजबुत बनाउन तत्काल यति गरौं । अरु सिकाई र भोगाईले बाटो देखाउछ नै । सोही बमोजिम गरौंला ।

रमेश पाण्डेय
दाङ्ग – १७, घोराही ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार