होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु
समाचार

कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु

  • नागरिक रैबार
कैलालीमा आइसोलेसनमा महिलाको मृत्यु

९ भदौ, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ ।

उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

‘उनको श्रीमान् र छोरामा सङ्क्रमण पुष्टि भइसकेको थियो, उनको भने स्वाब परीक्षण भएको थिएन’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले भने ‘अहिले कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिसकेका छौँ ।’

भारतबाट आएकी उनी केही दिनदेखि नगरपालिकाले तयार गरेको आइसोलेसनमा रहेकी थिइन् । उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको रावतले बताए ।

स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार