होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेशन्स कपको लागि पोर्चुगलको टोली घोषणा
समाचार

नेशन्स कपको लागि पोर्चुगलको टोली घोषणा

  • नागरिक रैबार
नेशन्स कपको लागि पोर्चुगलको टोली घोषणा

९ भदौ, काठमाडौं । युइएफए नेशन्सको लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोले पहिलो दुई खेलका लागि २५ सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् ।

साविक विजेतासमेत रहेको पोर्गचलले क्रोएसियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । ए ग्रुप अन्तर्गत रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ ।

पोर्चुगलले पहिलो खेल घरेलु मैदानमा क्रोएसियासँग सेप्टेम्बर ५ मा खेल्नेछ । त्यसपछि सेप्टेम्बर ८ मा स्वीडेनसँग खेल्न स्वीडेन जानेछ ।

विज्ञापन

पोर्चुगल टोलीमा क्रिस्टियानो रोनाल्डोसहित ७ जना फरवार्ड छन् । जसमा रोनाल्डोसँगै जाओ फेलिक्स, बर्नार्डो शिल्भा, आन्द्रे शिल्भा, डिएगो जोटा, गोन्जालो गुइडेस र ट्रिनकाओ छन् । यस्तै गोलकिपर मा रुइ शिल्भा, रुई प्याट्रिसिओ र एन्टोनी लोपेज छन् ।

यसैगरी डिफेण्डरमा जाओ क्यान्सेलो, नेल्सन सेमेडो, डोमिनिङ्गो डुअर्टे, जोस फोन्ट, पेपे, रुबेन डियास, मारियो रुई र राफेल गुरेइरो छन् ।

मिडफिल्डरमा डानिलो परेइरा, रुबेन नेभेज, आन्द्रे गोमेज, ब्रुनो फर्नान्डेज, जाओ माउटिन्हो, रेनाटो सान्चेज र सर्जिओ ओलिभिएरा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार