होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली भेट्न प्रचण्ड पुगे बालुवाटार, प्रतिवेदनमाथि छलफल
राजनीति

ओली भेट्न प्रचण्ड पुगे बालुवाटार, प्रतिवेदनमाथि छलफल

  • नागरिक रैबार
ओली भेट्न प्रचण्ड पुगे बालुवाटार, प्रतिवेदनमाथि छलफल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।

शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

छलफलका लागि अध्यक्ष प्रचण्ड पौने १० बजे बालुवाटार पुगेका थिए ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।

जसमा ओलीले मुलत सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले मुलतः पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ ।

त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।

एकता महाधिवेसन, पार्टी एकतालाई पुर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।

ओली र प्रचण्डको आजको छलफलपछि सचिवालय बैठक बोलाउने र छलफलपछि अनुमोदन गर्ने नेकपाको तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि