होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • फ्रेन्च कपको उपाधि पीएसजीले उचाल्यो
देश/प्रदेश

फ्रेन्च कपको उपाधि पीएसजीले उचाल्यो

  • नागरिक रैबार
फ्रेन्च कपको उपाधि पीएसजीले उचाल्यो

काठमाडौं, १० साउन । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको छ ।शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १–० गोल अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

पीएसजकोे जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो । गत अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार