होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै
समाचार

प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

  • नागरिक रैबार
प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा जान लागेको जानकारी दिए । ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित केहीबेरमा आयोग पुग्दैछौं’, पोखरेलले अनलाइनखबरसँग भने ।

 

विज्ञापन

प्रचण्ड–माधव समूहले आफूहरू दर्ताका लागि आउन लागेको आयोगलाई जानकारी गराइसकेको छ । आयोगका एक सदस्यले भने, ‘उहाँहरू हस्ताक्षर लिएर आउने जानकारी आएपछि हामी पर्खाइमा छाैं ।’

निर्वाचनमा आयोगमा नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । उनीहरूमध्ये दुई तिहाई केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको पोखरेलको दाबी छ ।

पोखरेल, नेकपाका अर्का नेता सुरेन्द्र पाण्डे, कार्यालय सचिव श्रीराम सुवेदी लगायत आयोग जान लागेका हुन् ।

बालुवाटार बसेको बैठकपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले समूहले मंगलबारै निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनको जानकारी दिइसकेको छ । ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप गरेर प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता चयन गरेको छ ।

बबरमहलमा पुष्पकमल दाहाल, प्रचण्डको अध्यक्षतामा बसेको बैठक वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ ।

दुबै पक्षले आ–आफ्नो समूह आधीकारिक भएको दाबी गरिरहेका बेला प्रचण्ड–माधव पक्ष हस्ताक्षर सहित आयोग जान लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार