होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कुवेतबाट १६० नेपाली काठमाण्डौँ आइपुगे
Breaking News

कुवेतबाट १६० नेपाली काठमाण्डौँ आइपुगे

  • नागरिक रैबार
कुवेतबाट १६० नेपाली काठमाण्डौँ आइपुगे

कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो। आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ। आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ।

यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज स्वदेश फर्किएका छन्। कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो। हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन्। दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन्।

यस्तै आज अस्ट्रेलियबाट २७५ जना नेपाली स्वदेश फर्कंदैछन्। अस्ट्रेलियाको सिड्नीबाट त्यहाँ कोरोनाको कारण समस्यामा परेका नेपालीको उद्धारका लागि पहिलो चार्टर्ड उडानमार्फत आज २७५ जना फर्कंदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन्। उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया पुगेका अभिभावकहरु हुन्।

जहाजमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन्। अस्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ आजै बंगलादेश, माल्दिभ्स र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार