होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लुक्लामा पर्यटक जान नपाउने, उडान बन्द
समाचार

लुक्लामा पर्यटक जान नपाउने, उडान बन्द

  • नागरिक रैबार
लुक्लामा पर्यटक जान नपाउने, उडान बन्द

६ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको छ ।

 

विज्ञापन

गाउँपालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले पत्रमा उल्लेख गरेका छन् ।

गाउँपालिकका अनुसार कोरोना भाइरस संक्रमण फैलिन नदिन गाउँपालिकाभित्रका होटल तथा लज पनि बन्द गरिएका छन् । गाउँपालिकाका वासिन्दा, शिक्षक, कर्मचारीले गाउँ आउन ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।

हेर्नुहोस् गाउँपालिकाको पत्र

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार