होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसको प्रश्न : खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?
देश/प्रदेश

कांग्रेसको प्रश्न : खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कांग्रेसको प्रश्न : खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

६ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ ।सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ ।

यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषदको निर्णय छ ।

कांग्रेसले भने पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने भन्दै विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्, ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ?

विज्ञापन

एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परिक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने, कांग्रेसले भनेको छ, अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को ब्यवहार ?

यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ । साथै दिनमा तीन वटा मात्र उद्वार फ्लाइट गर्दा कतिपय देशका नेपाली घर फर्किन महिनौं लाग्ने चिन्ता समेत व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • १0 घन्टा अगाडि

भर्खरै