होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना
Breaking News

माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको स्वकीय सचिव गौतमले बताए ।

शुक्रबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए ।

विज्ञापन

पिएसओ ड्यूटीमा नरहेको बेलामा संक्रमण देखिएको स्वकीय सचिव गौतमको भनाइ छ । संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • १0 घन्टा अगाडि

भर्खरै