होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना
राजनीति

माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

  • नागरिक रैबार
माधव नेपालको सुरक्षामा खटिएका ९ प्रहरीलाई कोरोना

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको स्वकीय सचिव गौतमले बताए ।

शुक्रबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीलाई संक्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए ।

विज्ञापन

पिएसओ ड्यूटीमा नरहेको बेलामा संक्रमण देखिएको स्वकीय सचिव गौतमको भनाइ छ । संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि