होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा कोरोना संक्रमितलाई खोज्नै मुस्किल
समाचार

धनगढीमा कोरोना संक्रमितलाई खोज्नै मुस्किल

  • नागरिक रैबार
धनगढीमा कोरोना संक्रमितलाई खोज्नै मुस्किल

धनगढी : बिहिवार साँझ धनगढी उप–महानगरपालिकाले सुरुमा २७ र त्यसपछि थप तीन गरी धनगढीका ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी पायो।

संक्रमण पुष्टि भएका २७ जनाको धनगढी उप–महानगरपालिकाले नै स्वाब संकलन गरेको थियो भने बाँकी तीन जनाको स्वाब संकलन सेती प्रादेशिक अस्पतालमा भएको थियो। सेती प्रादेशिक अस्पतालमा स्वाब दिने अधिकासं स्थानीय नै हुन्छन्।

संक्रमण पुष्टि भएको जानकारी पाएपछि स्वास्थ्य शाखाले उनीहरुको खोजी सुरु ग¥यो। दुई जना संक्रमित शुक्रवार बिहान सम्पर्कमा आए भने एक जनालाई स्वास्थ्य शाखाले खोज्नै सकेन्।

विज्ञापन

संक्रमण पुष्टि भएका व्यक्तिले दिएको नम्वर नै गलत थियो। ठेगाना भने वडा नम्वर ३ उल्लेख गरेका थिए। स्वास्थ्य शाखाले संक्रमित खोज्ने जिम्मेवारी वडा नम्वर ३ का वडाध्यक्ष बलवहादुर ऐरलाई दियो।

उनले शुक्रवार दिनभरी संक्रमितको खोजी गरे। सम्पर्कमा आउन सामाजिक सञ्जाल मार्फत आग्रह पनि गरे। तर संक्रमण पुष्टि भएका ति पुरुष दिनभरी नै सम्पर्कमा आएनन्। ‘हिजो दिनभरी नै संक्रमितको खोजी गरे तर उनी सम्पर्कमा आएनन्,’ वडाध्यक्ष ऐरले भने, ‘आज विहान भने संक्रमित सम्पर्कमा आएका छन्।’

संक्रमितलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको वडाध्यक्ष ऐरले बताए। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले स्वाब संकलनका क्रममा विवरण स्पष्ट उल्लेख नहुँदा संक्रमितलाई खोज्न मुस्किल भईरहेको बताए।

‘उप–महानगरपालिकाले स्वाब संकलन गर्दा वडाध्यक्षले चिनकै व्यक्ति हुन्छन्। उनीहरुलाई संक्रमण पुष्टि भएमा खोज्न ठूलै समस्या हुँदैन्,’ उपाध्यायले भने, ‘विभिन्न स्वास्थ्य संस्थाले स्वाब संकलन गर्दा विवरण स्पष्ट उल्लेख नहुने हुँदा संक्रमितलाई खोज्न समस्या भईरहेको छ।’

धनगढीमा केही दिन अघि पनि दुई जना संक्रमित हप्तौसम्म सम्पर्कमा आएका थिएनन्। जस्का कारण उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण नै हुन सकेन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले स्वाब दिदा गलत विवरण दिने समस्या बढेको बताए। ‘अब स्वाब संकलन गर्दा अनिवार्य रुपमा परिचय खुल्ने कागजात माग्ने भनेका छौ।’ सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै