होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोः कहाँ कति क्षति ?
समाचार

सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोः कहाँ कति क्षति ?

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोः कहाँ कति क्षति ?

कैलाली । वर्षायाम शूरु भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका जिल्लाहरु बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् । पछिल्ला दिनदेखि भैरहेको अविरल वर्षापछि यस प्रदेशका केही पहाडी क्षेत्रमा क्षति पुगेको छ । त्यस्तै तराईका जिल्लाहरुमा भने त्यति धेरै क्षति भइनसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई जानकारी दिए । पहाडी क्षेत्रका २ जिल्लामा भने बर्षाका कारण बाढी पहिरोले क्षति पुर्याएको छ । बाढी पहिरोका कारण दार्चुला र बाजुरा जिल्लामा निकै क्षति पुगेको छ ।

दार्चुलामा कति क्षति ?
दार्चुलाका ९ पालिकामध्ये ३ पालिकामा बर्षाका कारण आएको बाढी पहिरोले निकै क्षति पुर्याएको छ । जिल्लाका नौगाड गाउँपालिका, मालिकाअर्जुन गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

नौगाड गाउँपालिकाको वडा नं २ र ६, मालिकाअर्जुन गाउँपालिकाको वडानं ८ र महाकाली नगरपालिकाको वडा नं २, ३, ४, ५, मा बाढी पहिरोले क्षति पुर्याएको उनले बताए । नौगाड गाउँपालिकामा असार १५ गते आएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको र साउन ४ गतेको पहिरोले २ जना गरी ४ जनाको मृत्यु भएको उनले बताए ।

विज्ञापन

त्यहाँ १०० भन्दा बढी पशुधनको मृत्यु भएको छ भने १० वटा घरमा क्षति पुगेको छ । त्यस्तै मंगलबार मालिकाअर्जुन गाउँपालिकामा आएको पहिरोमा परि २ जनाको मुत्यु भएको र २ जना घाइतेलाई उपचारको लागि हेलिकप्टरमा नेपालगञ्ज पठाइएको उनले जानकारी दिए । महाकाली नगरपालिकाका २ र ३ वडामा कुखुरा फर्म र बार्खा पहिराले बगाएको छ ।

त्यस्तै विद्युत पावर हाउसमा पनि पानी पसेर बन्द भएको अवस्था छ । उता वडा नं ५ को धौलीगाड खोलाले सडक कटान गरी कल्भर्ड बगाउँदा यातायातका साधनहरु पुर्णरुपमा बन्द छन् । बुधबार बिहान नागरिकलाई आवतजावतका लागि बैकल्पिक बाटो निर्माण गरिएको उनले बताए ।

बाजुरामा कति क्षति ?
बाजुरामा पनि बाढी र पहिरोका कारण निकै क्षति भएको छ । जिल्लाको साफे मार्तडी सडक खण्ड बाढी पहिरोले पुरिएको छ । बडिमालिका ६ पानी नाउलासम्म २० ठाउँमा सडक पुरिएको र ३ ठाउँमा भने मर्मत सम्भारमा समेत चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । घट्टेखोलाको बाढीले हाईवे सडक बगाएकोले यातायातका साधनहरु आवागमनमा पूर्ण रुपमा बन्द भएको छ ।

त्यस्तै वडा नं २ को बजेडिङ र नडाङमा पहिरोले घर बगाउँदा १९९ जना आफन्तको घर, स्कुल र स्वास्थ्य चौकीमा बसिरहेको गैह्रेले जानकारी दिए । मानवीय र पशुचौपायाको क्षति नभएको र अन्य क्षतिको विवरण संकलन भइरहेको उनले बताए । अहिले सडक मर्मत र पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

त्यस्तै अछाममा पनि बर्षाका कारण बाढी पहिरो गएको छ । क्षति भने न्युन देखिएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्द भएको र पटक–पटकको वर्षाका कारण सिलगढी साफेबगर सडक अवरुद्द हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सडकमा आएको पहिरोलाई हटाउने कामको शुरुवात भइरहेको समेत उनले बताए । त्यस्तै कैलाली, कञ्चनपुर, डडेल्धुरा,बैतडी, डोटी लगायतका क्षेत्रमा भने बर्षाका कारण त्यति क्षति नभएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार