होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन
देश/प्रदेश

राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन

  • नागरिक रैबार
राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका संयोजक सुरेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवंं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य धामीले देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै हरेक नेतृत्वमा युवाहरु आउनुपर्ने बताउनुभयो । राष्ट्र निर्माणमा युवाको भूमिका हुन्छ । युवाले नै अहिलेको परिवर्तन सम्भव भएको भन्दै उहाँले युवाहरुसँगै हातेमालो गरेर नेतृत्वले अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिपकराज जोशी, नेकपा दार्चुलाका पार्टी सचिब उदयसिह बडाल, कार्यालय सदस्य चरनसिह बुढाथोकी, प्रचार विभाग प्रमुख खडकसिह बडाल लगायत नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गत कात्तिकमा युवा संघ दार्चुलाको संयोजक चुनिएपनि तत्कालीन नेकपा एमालेबाट सह संयोजकको नाममा टुंगो लागेको छैन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार