होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरा परीक्षणमा थप २० जनामा कोरोना पुष्टि
समाचार

डडेल्धुरा परीक्षणमा थप २० जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
डडेल्धुरा परीक्षणमा थप २० जनामा कोरोना पुष्टि

धनगढी– डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै