होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, बनाए कीर्तिमान
समाचार

तीन मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, बनाए कीर्तिमान

  • नागरिक रैबार
तीन मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, बनाए कीर्तिमान

६ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ ।

रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले दोस्रो स्थानको इन्टरसँग ८ अंकको अग्रता बनाएको छ ।

युभेन्ट्सको घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलको ५१औं मिनेट रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । लाजियोका बास्टोसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि युभेन्ट्सले पेनाल्टी पाएको थियो जसमा रोनाल्डोले गोल गरे । ५४औं मिनेटमा पाउलो डिबलाको पासमा रोनाल्डोले व्यक्ति दोस्रो गोल गर्दा युभेन्ट्सले अग्रता दोब्बर बनायो ।

विज्ञापन

८३औं मिनेटमा इम्मोबाइलले लाजियोको लागि पेनाल्टीमा सान्त्वना गोल फर्काए । युभेन्ट्सका लियोनार्दो बोनुचीले इम्मोबाइललाई फाउल गरेपछि लाजियोले पेनाल्टी पाएको थियो ।

जितपछि ३४ खेलबाट युभेन्ट्सले ८० अंक जोडेको छ । समान खेलबाट इन्टरको ७२ अंक छ । लाजियो भने ६९ अंकसहित चौथो स्थानमा छ । अब ४ खेल बाँकी हँदा युभेन्ट्सलाई उपाधि जित्न दुई जित आवश्यक छ ।

रोनाल्डोको कीर्तिमान

लाजियोविरुद्ध २ गोल गरेपछि रोनाल्डो युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले प्रिमियर लिग, ला लिगा र सिरी ए मा ५० गोल पूरा गरेका हुन् ।

रोनाल्डो र इम्मोबाइल यस सिजन सर्वाधिक गोल गर्ने दौडमा अघि छन् । दुवै खेलाडीले समान ३० गोल गरेका छन् । रोनाल्डो २००७-०८ पछि गोल्डेन बुट जित्ने पहिलो युभेन्ट्सका खेलाडी हुने लक्ष्यमा छन् । पछिल्लो पटक युभेन्ट्सका अलेसान्द्रो डेल पिएले उक्त अवार्ड जितेका थिए ।

रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । यस्तै ला लिगामा रियल मड्रिडका लागि २९२ खेलमा ३११ गोल गरे । सिरी ए मा ६१ खेलमा ५१ गोल गरिसकेका छन् । रोनाल्डो सिरी ए मा ५० छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार