होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • डाक्टर गोविन्द केसी बाजुरामा
देश/प्रदेश

डाक्टर गोविन्द केसी बाजुरामा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डाक्टर गोविन्द केसी बाजुरामा

बाजुरा: चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुरा पुगेका छन्। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडि जिल्ला घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन। डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाइएको छ।

डाक्टर केसीले यसअघि बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लामा पुगेर सेवा दिइसकेका छन्। बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले बताए।

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।

गोविन्द केसी बाजुरा बस्दा सम्म उनले निःशुल्क सेवा दिने भएका छन्। बाजुराको शिक्षा तथा स्वास्थ्यको अवस्था निकै दयनिय रहेको छ। केसीले बाजुरा पुगेर जिल्ला अस्पताल बाजुराको भौतिक पुर्वाधारको अबस्थाको पनि अनुगमन गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • ६ घन्टा अगाडि

भर्खरै