नागरिक रैबार/बाजुरा ६ असार। रुकुम-जाजरकोट घटनामा आधारित गीत सार्वजनिक भएको छ । गत जेठ १० गते रुकुम जाजरकोटको सोती घटनामा माया प्रेम गरेकै कारण त्यहाँकी सुस्मा मल्लका आफन्तहरुले नवराज विक सहित ६ जनाको निर्मम हत्या गरेका थिए ।
सोही घटनामा आधारित गीतहरु अहिले बजारमा दिन प्रतिदिन आउने क्रम जारी छ । घटनामा सलग्नहरुको खोजी गरि कार्वाही गरिनु पर्छ र माया प्रेममा जात भात हुनुनै दुर्भाग्य भन्दै चेतनामुलक गीतहरु पनि बजारमा आइरहेका छन् । सोही क्रममा सेति महाकाली म्युजिक प्रालिद्धारा १० जना बढी कलाकारहरुको स्वरमा रहेको मायामा जाताभात बोलको रुकुम जाजरकोट घटना सम्वन्धि जनचेतनामुलक गीत बजारमा आएको छ ।
रामबहादुर दानीको शव्द/सँगित र रिता शाहीको शव्दमा शोभा थापा, रामबहादुर दानी, निरुता खत्री, रमित विसी, धर्म सुनार, प्रकाश थापा, शर्मिला विसी, नेत्र परियार, विशाल विसी र मन्दिरा विसीको स्वर रहेको छ ।
विज्ञापन
गीतलाइ सेती महाकाली म्युजिक प्रालिले उत्पादन गरेको छ भने गीत सोही म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतलाइ विशेष डिजिटल रेकर्ड गरिएको हो भने गीतको एरेन्ज विजय थापामगरले गरेका छन् । गीतलाइ सम्पादन रामबहादुर दानीले गरेका छन् ।
यतिबेला सिँगो दलित समुदाय नै पीडामा रहेकाे छ । रुकुममा जातीयताकै कारण नवराज विक सहित ६ जनाको हत्या भएपछि यति वेला देश नै रुकुम घटना तर्फ केन्द्रित बनेको छ । जातीयताकै कारण ज्यान गुमाउनुले सिँगो मुलुकका जनताहरु अहिले सडकमा नवराज विक सहित ६ जनाको घटनामा सलग्नहरुको खोज अनुसन्धान गरि हदैसम्मको कार्वाही गर्न माग गरिरहेको छ ।
भिडियो हेर्नुहोस ।
फेसबुक प्रतिक्रियाहरु