नागरिक रैबार/ बाजुरा ८ फागुन । जिल्लाकाे बुढीन्नदा नगरपालिका ९ अगाउपानीमा अस्थाई प्रहरी पाेष्ट स्थापना गरिएकाे छ ।
विहिबार एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति बाजुरा प्रमुख नरेेेेन्द्र कुमार राेकाया, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपाने र जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंंकप्रसाद भट्टराई र नेकपा बाजुराका नेता पुरबहादुर रावतले संयुक्त रुपमा उद्घाटन् गरेका हुन् ।
प्रहरी चाैकी बाजुरा बुढिन्नदा नगरपालिका वडा नं ९ स्थित अगाउपानीमा रहेकाे घरधनी हिरा बहादुर बोहराको घरमा बस्ने भएकाे छ ।
गृह मन्त्रालयकाे फागुन ५ गतेकाे पत्रानुसार बाजुराकाे उक्त स्थानमा अस्थाई प्रहरी चाैकीकाे स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराईले जानकारी दिए ।
उहाँका अनुसार अब जिल्लामा याे प्रहरी चाैकी स्थापना भएसंगै २१ वटा प्रहरी चाैकी स्थापना भएका छन् । तत्कालीन शसत्र द्वन्दमा साेही नगरपालिकाकै पाण्डुसेनमा रहेकाे प्रहरी चाैकीलाई माअाेवादीले भत्काएकाे थियाे ।
विहिबार साे स्थानमा स्थापना गरिएको प्रहरी चाैकीलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु