होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
समाज

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • नागरिक रैबार
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

दाङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

यता, स्याङ्जामा कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा हरिनास गाउँपालिका–५ आईडाँडा बस्ने ३६ वर्षीय रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रानाले सोही ठाउँ बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालोले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार