होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • आज रातिदेखि व्यापक वर्षा हुने सम्भावना, बाढीपहिरोबाट बच्न सुझाव
स्वास्थ्य-जीवनशैली

आज रातिदेखि व्यापक वर्षा हुने सम्भावना, बाढीपहिरोबाट बच्न सुझाव

  • नागरिक रैबार
आज रातिदेखि व्यापक वर्षा हुने सम्भावना, बाढीपहिरोबाट बच्न सुझाव

आज बुधबार देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिनमाभन्दा राति वर्षा अझ बढ्ने सम्भावना छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भने एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

विज्ञापन

बुलेटिनअनुसार राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–

बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बाढीको सम्भावना कहाँ कहाँ छ?

आज बुधबार कर्णाली, महाकाली, पश्चिम राप्ती, बबईका सहायक नदीमा बहाव बढ्ने र केही जलसतह सतर्कता चिह्ननजिक हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाहखाले जनाएको छ ।

यस्तै कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायत दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको महाशखाले जारी गरेको बाढी पूर्वानुमा बुलेटिनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार