होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफ्ना नागरिकलाई कोरोना खोप निःशुल्क गर्ने अस्ट्रेलियाको घोषणा
समाचार

आफ्ना नागरिकलाई कोरोना खोप निःशुल्क गर्ने अस्ट्रेलियाको घोषणा

  • नागरिक रैबार
आफ्ना नागरिकलाई कोरोना खोप निःशुल्क गर्ने अस्ट्रेलियाको घोषणा

३ भदौ, काठमाडौं । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण सफल भएको खण्डमा आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । साथै मुलुकभर यो खोप अनिवार्य पनि गरिनेछ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले यसका लागि एक्स्ट्राजेनेकासँग सम्झौता भइसकेको बताएका छन् । एक्स्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ । शोधकर्ताहरुले यस वर्षको अन्तिमसम्म कोरोना खोपको क्लिनिकल परीक्षणको तेस्रो चरणको परीक्षणको नतिजा आउने अपेक्षा गरेका छन् ।

साथै मौरिसनले यो खोप सन् २०२१ भन्दा पहिला यो खोप आउने सम्भावना भने नरहेको बताएका छन् । उनले या परीक्षणको क्रममाा यो खोप सफल देखिए अस्ट्रेलियाले त्यसलाई बनाउने र आफ्ना नागरिकलाई दिने उल्लेख गरेका छन् । तर, विपक्षी लेबर पार्टीका प्रवक्ताले भने प्रधानमन्त्रीले घुमाएर उत्तर दिएको बताएका छन् । उनले अहिलेसम्म अस्ट्रेलियासँग खोप निर्माणको क्षमता रहेको वा नरहेको भन्ने स्पष्ट नरहेको बताएका छन् ।

अहिले अस्ट्रेलियामा कोरोना भाइरसका सात हजारभन्दा धेरै निको हुन बाँकी संक्रमित छन् । केही दिनयता बिस्तारै अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ ।

विज्ञापन

स्रोत ः बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार