होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
समाचार

पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

  • नागरिक रैबार
पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो ।

पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सकै लियोनबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

विज्ञापन

लिस्वनस्थित स्टाडियो डा लुजमा भएको खेलमा पिएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाले ४२औं मिनेटमा गोल गर्दै पिएसजीको अग्रता पहिलो हाफमै दोब्बर पारे ।

दोस्रो हाफमा फ्रेन्च च्याम्पियनले एक गोल थप्यो । युवान बर्नेटले ५६औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे ।

स्थापनाको ५०औं वर्ष मनाइरहेको पिएसजी पहिलो पटक फाइनल पुग्दै इतिहास रच्दा लाइपजिगको चाहना भने पूरा हुन सकेन । २००९ मा स्थापना भएको लाइपजिग क्लबको ११ वर्षे इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार