होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा संक्रमित बढ्दै, ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ
देश/प्रदेश

सुदूरपश्चिममा संक्रमित बढ्दै, ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ

  • नागरिक रैबार
सुदूरपश्चिममा संक्रमित बढ्दै, ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ

धनगढी : मंगलवार धनगढीमा एक बर्षीय बालकमा कोरोना पुष्टि भयो। तर बुधवार साँझसम्म पनि धनगढी उप–महागरपालिका र स्वास्थ्य कार्यालयले संक्रमित बालक र परिवारका कुनै पनि सदस्यलाई सम्पर्कमा ल्याउन सकेको थिएनन्। संक्रमित बालकालाई नै सम्पर्कमा ल्याउन नसकेपछि सम्पर्कमा रहेका व्यक्तिको समेत खोज्न स्वास्थ्य कार्यालयलाई सास्ती भईरहेको थियो।

सेती प्रादेशिक अस्पतालले स्वाब संकलनका क्रममा सम्पर्क नम्वर समेत नराखेपछि संक्रमण पुष्टि भएपनि सम्पर्कमा ल्याउन मुस्किल भएको हो। बाजुरामा कोरोना संक्रमित बालिकाको मृत्यु भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप १८ जनामा कोरोना पुष्टि भयो। अन्य जिल्लामा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा भएको परीक्षणमा कोरोना फैलिएको खुलिसकेको छ। तर पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मै लापरवाही हुँदा जोखिम बढेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने अस्पतालको जिम्मा परीक्षण र उपचार मात्रै भएको बताए। ‘सेती प्रादेशिक अस्पतालले संक्रमित बिरामीको उपचार र शंकास्पदको प्रयोगशाला मार्फत परीक्षण गर्दै आएको छ,’ श्रेष्ठले भने, ‘ केश इन्भेष्टिकेशन र ‘कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा अस्पतालको होईन्।’

विज्ञापन

सुदूरपश्चिम प्रदेशमा कारोना क्रमित बढ्दै गएपनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ गरिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य कार्यालय र स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा दिईएपनि हेलचेक्राइँ भईरहेको हो। संक्रमति बढ्दै गएपनि प्रत्येक पालिकामा केश इन्भेष्टिकेशन र ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि टीम समेत गठन हुन सकेको छैन्।

संक्रमित व्यक्ति को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ। त्यसपछि उनीहरूलाई निगरानीमा राख्नुपर्ने हो। तर सम्पर्कमा आएका व्यक्तिहरुको खोजी नहुँदा उनीहरु परीक्षणबाट बञ्चित भएका छन्। स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले भने ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि छुट्टै टीम परिचालन गरिएको बताए। उनले संक्रमितको सङख्या बढ्दै गएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा समस्या भएको बताए।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजीका लागि जिल्ला–जिल्लामा स्वास्थ्य कार्यालयले टीम परिचालन गरेको जनाएको छ। त्यस्का लागि संघीय सरकारले पनि स्वास्थ्यकर्मी पठाएको छ। तर ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी नहुँदा समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेको छ। प्रत्येक पालिकामा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ र केश अनुसन्धानका लागि टीम बनाउन भनिएको छ।

‘सबै स्थानीय तहमा अझै छुट्टै टमि बनाउन सकिएको छैन्,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, ‘तर पनि संक्रमित बढ्दै गएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा समस्या भएको छ।’ उनले ‘कन्ट्याक्ट ट्रेसिङ’  का लागि जनशक्तिको समेत अभाव रहेको बताए। सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ६ सय १७ पुगिकसको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार